राजनीति

एमालेले पत्रकार सम्मेलन गर्दै, केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने


काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेको निर्णय सार्वजनिक गर्न शुक्रबार पत्रकार सम्मेलन गर्दै छ । एमालेका महासचिव शंकर पोखरेलले आज दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् ।

नवनिर्वाचित महासचिव पोखरेलको यो पहिलो पत्रकार सम्मेलन हुनेछ । चितवनमा १०–१४ मंसिरमा भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा बसेको थियो भने दोस्रो बैठक मंसिर २५ र २६ भक्तपुरमा बसेको थियो ।