काठमाडौँ – साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा भुटानविरुद्ध आज खेल्दैछ । बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र भूटानबीचको खेल साँझ पौने ७ बजे सुरु हुने छ ।
खेलमा भुटानविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ । पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइदैछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत लगातार दुई खेल जितेको भारत ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । आयोजक बंगलादेश र नेपालले समान दुई खेलबाट चार–चार अंक जोडेका छन् । नेपाल तेस्रो र बंगलादेश दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया