पत्रपत्रिका

अष्ट्रलिया खुल्यो, जापान बाँकी


काठमाडौँ – कोरोना सङ्क्रमणका कारण बन्द भएको अष्ट्रलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अष्ट्रलिया आवतजावत गर्न पाएका छन् तर अष्ट्रलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । अष्ट्रलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकालगायतका खोपलाई मान्यता दिएको छ । अष्ट्रलिया सरकारको पछिल्लो निर्णयसँगै विशेष गरी भिसा लागेर पनि अष्ट्रलियाको सीमा बन्द भएर नेपालमै रोकिएका चार हजार नेपाली विद्यार्थीले लाभ लिनेछन् ।

यी विद्यार्थीहरू अहिले डलरमा शुल्क तिर्दै नेपालमै बसेर अष्ट्रलियाका विश्वविद्यालयमा अनलाइनमा पढिरहेका छन् । अष्ट्रलिया गएर कमाउँदै पढ्ने योजना बनाएका थुप्रै विद्यार्थी नेपालमा नै रहेर डलरमा शुल्क तिरेर पढ्नु पर्दा समस्यामा थिए । तत्काललाई उनीहरूले यस्तो समस्याबाट राहत पाउने नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो । भिसा लागिसकेकाबाहेक सीमा खुल्ने वित्तिकै प्रक्रिया आरम्भ गर्ने योजना बनाएर थुप्रै विद्यार्थी बसेका छन् ।

अष्ट्रलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक वैदेशिक गन्तव्य हो । पाण्डेका अनुसार बुधबार राति मात्रै नेपालबाट दुई सयभन्दा बढी विद्यार्थी अष्ट्रलिया गएका छन् । डलरमा शुल्क तिर्दै नेपालमै बसेर अष्ट्रलियाका विश्वविद्यालयमा अनलाइनमा पढिरहेका छन् । अष्ट्रलिया गएर कमाउँदै पढ्ने योजना बनाएका थुप्रै विद्यार्थी नेपालमा नै रहेर डलरमा शुल्क तिरेर पढ्नु पर्दा समस्यामा थिए । तत्काललाई उनीहरूले यस्तो समस्याबाट राहत पाउने नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो ।

भिसा लागिसकेकाबाहेक सीमा खुल्ने वित्तिकै प्रक्रिया आरम्भ गर्ने योजना बनाएर थुप्रै विद्यार्थी बसेका छन् । अष्ट्रलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक वैदेशिक गन्तव्य हो । पाण्डेका अनुसार बुधबार राति मात्रै नेपालबाट दुई सयभन्दा बढी विद्यार्थी अष्ट्रलिया गएका छन् । गोरखापत्र दैनिकबाट