राजनीति

महामन्त्रीमा गगन र विश्वप्रकाशको विजयी : देउवालाई गतिलो झापड, हारेपछि मिनेन्द्रको उच्च नैतिकता (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । जसले देउवाका अघि अवसर र चुनौती एकसाथ देखिएको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट बलियो संस्थापन पक्षको शक्ति भत्काएर सभापति शेरबहादुर देउवाले नचाहेका दुई युवा महामन्त्रीमा विजयी भएका छन् । एक गगन थापा, जो विगतदेखि नै देउवाको प्रतिपक्ष बनेर खरो उत्रिदै आएका छन् । दुई, एकसाता अघिसम्म देउवाकै क्याम्पमा रहेर देउवालाई नै सघाएका विश्वप्रकाश शर्मा । जसले अन्तिम समयसम्म पनि देउवाको साथ पाउने आशसहित बाटो पर्खिएका थिए ।

तर महाधिवेशनकै मझधारमादेउवाले आफु सुरक्षित हुन कृष्णप्रसाद सिटौला समूहका प्रदीप पौडेललाई अघि सारेरशर्माको उम्मेद्वारीमाथि नै सौदाबाजी गरेपछि उनी प्रकाशमान सिंहको क्याम्पमा पुगे ।शक्तिशाली क्याम्प छोडेर अत्तो न पत्तोको समूहबाट महामन्त्री उठेका शर्मालाई महाधिवेशन प्रतिनिधिले भने पार्टीको आवश्यकता ठानेर निर्वाचित गराईदिएका छन् । फलतः शर्माको विजयी नै देउवाको हार बन्न पुगेको छ ।

सभापतिमा आफु सुरक्षित हुनकै लागि देउवाले सिटौला पक्षसँग समीकरण गर्दै पौडेललाई महामन्त्रीका रुपमा अघि सारेका थिए ।पौडेलसहित आफ्ना विश्वासपात्र डा. प्रकाशसरण महत पनि देउवाकैरोजाईमा महामन्त्री लडे । तर देउवा सभापतिमा आफु सुरक्षित भइसक्दा महामन्त्रीका दुई उम्मेद्वार पौडेल र महत,गगन र विश्वप्रकाशका अघिउठ्न सकेनन् । यसले देउवा र देउवाको कार्यकाललाई थप चुनौती थुपारेको छ । पार्टीभित्र खरो र स्पष्ट वक्ता रहेका दुवै जनाको व्यक्तित्वलाई तल्लो तहसम्म नेता कार्यकर्ताले चाहेका छन् ।पार्टी सुदृढीकरण र रुपान्तरणको आवश्यकता महसुस गरेर प्रतिनिधिहरुले उनीहरुलाई विजयी गराएका हुन् । अतः देउवाको अनुभव र युवाहरुको जोशलाई सुन्तुलित बनाएर नेतृत्व चल्न सके त्यो काँग्रेसकै लागि फाइदामा विषय बन्नेछ ।

महामन्त्रीको महाभिडन्तमा शेखर कोइराला पक्षबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा, विमलेन्द्र निधिको समूहबाट राजाराम कार्की र देउवाको पक्षबाट प्रकाशशरण महत र प्रदीप पौडेल लडेका थिए । त्यसमध्ये थापाले सर्वाधिक तीन हजार २३ मत ल्याएका छन् । शर्माले एक हजार ९ सय ८४ मत ल्याएका छन् । यी दुवै जना विजयी हुँदा पराजितमध्येका महतले एक हजार पाँच सय ५६, पौडेलले एक हजार ३ सय ९३, रिजालले ८ सय ९ र कार्कीले एक सय ७ मत ल्याएका छन् ।त्यसमध्ये रक्षामन्त्री समेत रहेका रिजालले पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिएका छन् । महामन्त्रीको चुनाव हारेपछि रिजालले देखाएको नैतिकता मन्त्रीकै लागि पार्टी फोडेका र मन्त्री हुनकै लागि रातारात अडान बेचेकाहरुलाई गतिलो झापड दिएको छ ।

काँग्रेसका लागि महामन्त्री सभापतिपछिको सबैभन्दा शक्तिशाली पद हो । संगठनदेखि पार्टी सञ्चालनसम्म महामन्त्रीको भूमिका महा हुन्छ । भोलीको पार्टी नेतृत्वकै रुपमा हेरिएको पदमा पुगेपछि गगन र विश्वप्रकाशले कस्तो क्षमता प्रदर्शन गर्छन्, त्यो चासोका साथ हेरिएको छ । तर १३ औं महाधिवेशनपछि सभापति देउवा र नेपाली काँग्रेसको हालत जुन अवस्थामा छ, त्यसको सुधार गर्ने जिम्मा अब उनीहरुको काँधमा छ । जसलाई पनि बुझेर देउवाले आफ्नो अनुभव र ठिटाहरुको जोशलाई सही परिचालन गर्न सके, त्यो काँग्रेसकै हितमा हुनेछ ।