राजनीति

शीर्ष राजनीतिक दलभित्र पुरानै पुस्ताको बर्चश्व, कार्यकर्ताकै कारण टिके प्रथा फष्टायो (भिडियोसहित)


काठमाडौँ — वर्षौदेखि मुख्य राजनीतिक दलहरुमा ७० आसपासका वृद्ध नेताहरुले नै राजकाज चलाइरहेका छन् । अहिले साना ठुला अधिकांश दलको महाधिवेशन चलिरहेको छ । तर नेतृत्व हेरफेरको प्रमुख आधार मानिएको महाधिवेशन मार्फत पनि उनै नेताहरु नेतृत्वमा दोहोरिरहेका छन । केही दलका शीर्षस्त नेतृत्व भने अझै पनि टिके प्रथा लागु गराउन मै उद्धत छन ।

उत्साह, एकता र रुपान्तरण सहितको महाधिवेशन नारा दिइएको नेपाली काग्रेसको १४ औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि शेर बहादुर देउवा सभापतिमा निर्वाचित भए । पुस्तान्तरण प्रमुख एजेन्डा बनाएर चुनावी मैदानमा होमिएका शेखर कोइराला आफ्नो एजेन्डा स्थापित गराउन सफल भए पनि सभापतिमा हार वेर्होनु प¥यो । नेकपा एमालेको १० औ महाविधेवेशनबाट पार्टी अध्यक्षमा केपी शर्मा ओली ५ वर्षका लागि पुन नेतृत्वमा दोहोरिए । सहमति र सर्वसम्मत रुपमा नेतृत्व चयनको लहर नै चलाएर एमालेको पदाधिकारी अध्यक्ष ओलीले तयार पारेको सूचिलाई तालि बजाएर अनुमोदन गरियो । एमाले ओलीमय छ । उस्तै खाले प्रवृत्ति नेकपा माओवादी केन्द्रभित्र छ ।

नेकपा माओवादी केन्द्रको नेतृत्व विगत तीन दशक देखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन । प्रचण्ड पार्टीको नेतृत्वमा आएको ३२ वर्ष पुगिसकेको छ । तर न त नेतृत्व हस्तान्तरण गर्न चाहेका छन न त उनीबाट नेतृत्व लिनका लागि दोस्रो तहका नेताहरुले नै हिम्मत देखाएका छन । पार्टीभित्र अझै पनि प्रचण्डपथ भतmहरुकै जमात ठूलो छ । आगामी पुष दोस्रो साताबाट सुरु हुने राष्ट्रिय सम्मेलनबाट निर्विकल्प प्रचण्ड नै पार्टी अध्यक्षमा दोहोरिने निश्चित छ ।

पार्टीको नेतृत्वमा मात्र होइन पार्टीको जनवर्गिय संगठनको नेतृत्व चयनमा पनि प्रचण्डकै हालीमुहाली छ । हालै प्रचण्डकै सिफारिसमा अखिल क्रान्तिकारीको नेतृत्वका पञ्चा सिंह अध्यक्ष बनिन् । अन्य जनवर्गीय संगठनदेखि स्थायी कमिटि केन्द्रिय समितिसम्मको हालत उस्तै छ । हाल जारी प्रदेश सम्मेलनमा सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै प्रतिस्पर्धा गर्न बञ्चित प्राय छ । तर विरोधको आवज शुन्य छ । समग्रमा माओवादी भनेकै प्रचण्ड र प्रचण्ड भनेकै माओवादी जस्तो बनेको छ । नेताहरुप्रचण्डकै नेतृत्वमा माओवादी केन्द्रलाई मुलुककै शतिmशाली पार्टी बनाउने दावी गर्दै आएका छन ।

राजनीतिक दलमा नीतिभन्दा नेतृत्व हाबी हुनुमा कार्यकर्ताहरु पनि उत्तिकै दोषि छन् । नेतृत्वमा सामन्ति संस्कारको हावी हुँदा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण कठिन विषय बनेको विश्लेषण हुँदै आएको छ । आफै प्रतिस्पर्धामा उत्रिनु भन्दा नेतृत्वलाई रिजाउँदै स्वार्थ पुरा गर्ने नेता कार्यकर्ताको प्रवृत्तिले राजनीतिक दलमा टिके प्रथा अझ मौलाएको विश्लेषकहरुको बुझाई छ ।

स्वार्थको मामिलामा सबै राजनीतिक दलको चरित्र लगभग उस्तै देखिन्छ । यसो भनिरहँदा मुलुकको जिम्मा लिएका दलहरु समयानुकुल पार्टीलाई रुपान्तरण गर्दै नेतृत्व हस्तान्तरण गर्न आनाकानी गरिरहे भने जनताले तात्वीक परिवर्तनको महसुस नगर्न पनि सक्छन् ।