राजनीति

कांग्रेस सहमहामन्त्रीको मतगणना केहीबेरमा सुरू हुँदै


काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना हुने भएको छ ।

निर्वाचन समितिका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुन लागेको छ ।

त्यसका लागि सबै तयारी पूरा भएको र केही बेरमा मतगणना हुने श्रेष्ठले जानकारी दिए । अरु ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुनेछ ।