राजनीति

महामन्त्री पराजित भएपछि रक्षामन्त्री रिजालले दिए राजीनामा


काठमाडौँ — डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

रिजालले सिंहदरबार पुगेर प्रम देउवासमक्ष मन्त्री पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । कांग्रेसको महामन्त्री पदमा नराम्ररी पराजित हुन पुगेपछि रिजालले मन्त्री पद पनि त्यागेका हुन् ।

कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेक छन् ।