राजनीति

उपसभापति निर्वाचित भएपछि पौडेल निवास पुगे गुरुङ


काठमाडौँ — नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ पार्टीका नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन् ।

बिहीबार बिहान उपसभापतिको मतपरिणाम सार्वजानिक भएर निर्वाचित भएपछि गुरुङ पौडेललाई भेट्न बोहोराटार पुगेका हुन् । पौडेलले गुरुङलाई बधाई दिँदै पार्टीलाई एकतावद्ध बनाउने र विधिसम्मत् चलाउने गरी काम गर्न सुझाव दिए ।

उनले आफू पनि पार्टीलाई एकतावद्ध बनाउएर आम चुनावमा विपक्षसँगको प्रतिष्पर्धामा अब्बल बनाउन लाग्ने बताए । उनले उपसभापति गुरुङसँग आफू र निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाउने र पार्टीभित्र सदभाव कायम गर्ने अभियान थालिसकेको पनि जानकारी दिएका थिए ।

उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा लागिरहने बचन पौडेललाई दिए ।