राजनीति

गगनलाई ८०० मतको अग्रता, विश्वप्रकाश दोस्रो स्थानमा


काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ८ सय मतको अग्रता लिएका छन् ।

३३२० मत गणना हुँदा गगनले २१६४ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले १३२८, डा. प्रकाशशरण महतले १०९२, प्रदीप पौडेलले ९९९, डा। मिनेन्द्र रिजालले ५८८ र राजाराम कार्कीले ७६ मत पाएका निर्वाचन समितिले जनाएको छ ।