राजनीति

महामन्त्रीको दौडमा थापा अघि


काठमाडौँ – नेपाली कांग्रेसको नव महामन्त्रीको दौडमा गगन थापा अघि देखिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीका लागि भइरहेको मतगणनामा आधा मत गणना हुँदासम्म गगन थापा जिततर्फ अघि बढेका हुन् ।

कुल खसेको मतको आधा मत गणना भइरहँदा अर्का महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मा थापापछि दोस्रो स्थानमा रहेका छन् । कुल खसेको ४६७९ मतमध्ये अहिलेसम्म २३२१ मत गणना भएको छ। जसमा गगनको पक्षमा १५०८ मत खसेको छ । दोस्रो स्थानमा रहेका शर्माको पक्षमा ९४२ मत खसेको छ ।

त्यस्तै प्रकाशशरण महतले ७६५ मत पाएका छन्। उनी शर्माको मत भन्दा १७७ मतपछि रहेका छन् । चौंथो स्थानमा रहेका प्रदीप पौडेलले ६७९ मत पाएका छन् भने पाँचौं नम्बरमा रहेका मीनेन्द्रले ४०२ मत पाएका छन्।

छैंठो स्थानमा रहेका राजाराम कार्कीले ६३मत पाएका छन्।