राजनीति

रक्षामन्त्री रिजालको राजीनामा घोषणा


काठमाडौँ – रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

रिजालले ट्विटरमा राजीनामाको घोषणा गरेका हुन् । उनले अन्तिम मत परिणाम आउना साथ प्रधानमन्त्री समक्ष राजीनामा पेश गर्ने उल्लेख गरेका छन् ।