काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्तामा डाक्टर संगीता मिश्रा नियुक्त हुनुभएको छ । डाक्टर मिश्रा यसभन्दा अघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।
यसअघि डाक्टर कृष्णप्रसाद पौडेलले सम्हाल्दै आउनुभएको जिम्मा मिश्रले पाउनुभएको हो । उहाँ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत हुनुहुन्छ । पौडेलले अब महाशाखा प्रमुखको जिम्मेवारी मात्र सम्हाल्नु हुनेछ ।
प्रतिक्रिया