राजनीति

महामन्त्री मतगणनाको ताजा अपडेट : थापा र शर्मालाई सुरुवाती अग्रता


काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीको पदका लागि भएको मतगणनमा सुरुवाती अग्रता गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिएका छन् । पार्टी कार्यालय सानेपमा जारी मतगणनामा थापा ३८१ मत सहित अग्र स्थानमा रहेका छन् ।
विश्वप्रकाश शर्माले २२८ मत पाएका छन् भने प्रदीप पौडेलको २०७, प्रकाशशरण महतको २०१, मिनेन्द्र रिजालले १०१ र डाक्टर राजाराम कार्कीले २८ मत पाएका छन् ।