राजनीति

पूर्वराजा ज्ञानेन्द्रसँग सहमति गरेको प्रमाणित गर्न वा माफी माग्न ओलीलाई प्रचण्डको चेतावनी


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपको खण्डन गर्नुभएको छ । ओलीको आरोप शतप्रतिशत झुटो भएको दाबी गर्दै प्रचण्डले प्रमाणित गर्न वा माफी माग्न चेतावनी दिनुभएको छ ।

आज बिहान प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले शतप्रतिशत झुटो कुरा प्रचार गरेर ओलीले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेको बताउनुभएको छ । दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखापरेका ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई हालैको अभिव्यक्तिबाट पुनः प्रमाणित गरेको प्रचण्डको जिकिर छ ।

ओलीले बुधबारको एक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको अभिव्यक्ति दिनुभएको थियो । विज्ञप्तिमार्फत प्रचण्डले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको र लगानीकर्ताको हितमा रहेको दाबी पनि गर्नुभएको थियो ।