राजनीति

एमसीसी बोर्ड बैठकको निर्णय : नेपालको जवाफ अझै कुर्ने


काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयको बोर्ड बैठकले एमसीसी र नेपालबीच भएको ५ सय मिलियन अमेरिकी डलर (करिब ५५ अर्ब) अनुदानसम्बन्धी सम्झौतालाई लिएर नेपालको जवाफ अझै कुर्ने निर्णय गरेको छ ।

संघीय संसद्को चालु दसौं अधिवेशनमै एमसीसीलाई अघि बढाउन गृहकार्य भइरहेको छ । केही दिनमा सरकारले सर्वदलीय बैठक बोलाएर एमसीसीको विषयमा छलफल गर्न लागेको बताइएको छ । संसद् नै ढिलो गरी आह्वान भएपछि एमसीसी मुख्यालयले फेरि एक पटक नेपालको निर्णय कुर्न लागेको हो ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारले सम्झौता कार्यान्वयनमा जानेमा आशावादी रहेको नेपाल भ्रमणका क्रममा बताएकी थिइन् । अनुदान लिने वा नलिने नेपालले नै निर्णय गर्न सक्ने उनको भनाइ थियो । सन् २०१७ मा नेपाल र एमसीसीबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।