काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीको छिनोफानो आज हुँदै छ । महामन्त्रीको दुई सिटका लागि ६ जना प्रतिस्पर्धामा रहनुभएको छ ।
सभापति शेरबहादुर देउवा प्यानलबाट डा.प्रकाशशरण महत र प्रदीप पौडेल तथा डा.शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल प्रतिष्पर्धामा हुनुहुन्छ । यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यालनबाट डा.राजाराम कार्की महामन्त्रीको प्रतिष्पर्धामा हुनुहुन्छ । सभापतिमा शेरबहादुर देउवा विजयी भइसक्नुभएको छ ।
उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र कोइराला प्यानलका धनराज गुरुङ निर्वाचित भइसक्नुभएको छ । पदाधिकारीको परिणाम आइसेपछि केन्द्रीय सदस्यहरूको मतगणना गरिने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया