राजनीति

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, महामन्त्रीको मतगणना आज


काठमाडौँ – कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । कांग्रेसको इतिहासमा खड्का र गुरुङ पहिलो निर्वाचित उपसभापति बन्नुभएको छ । खड्का शेरबहादुर देउवा प्यानलबाट र गुरुङ शेखर कोइराला प्यानलबाट निर्वाचित हुनुभएको हो ।

खड्का ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २१ सय २१ मत पाएर विजयी हुनुभएको छ । यस्तै, गुरुङ १९ सय ८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । विजयकुमार गच्छदारले भने १९ सय ६ मत प्राप्त गर्दै झिनो मतअन्तरले पराजय भोग्नुभएको छ ।

चन्द्र भण्डारीले १५ सय ८०, सुजाता कोइरालाले ६ सय ४४, महेश आचार्यले ५ सय ८९ र दिव्यश्वरी शाहले १ सय ३२ मत प्राप्त गर्नुभएको छ । महामन्त्रीको मतगणना आज हुँदैछ ।