मनोरञ्जन

पाल्मु शेर्पाको ‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)


काठमाडौँ – गायिका पाल्मु शेर्पा र गायक प्रदिप लामाको ‘दार ठेकीको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियो मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको हो ।

नादिङ भाकामा आधारित गीतमा जीवन बोम्जनको शब्द तथा अमृत लामाको संगीत संयोजन रहेको गीतमा पाल्मु शेर्पा र प्रदिप लामाको स्वर सुन्न सकिन्छ । भिडियोको निर्देशन तथा सम्पादन रोशन फ्युबाले गरेका हुन् ।

म्युजिक भिडियोमा नायक छोङबा शेर्पा (रिन्छेन) र मिङमा डोमा शेर्पाको अभिनय रहेको छ । भिडियोमा शेर्पा समुदायको पौसकमा सजिएका कालकारहरुलाई देख्न सकिन्छ । गीत र भिडियोलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेका गायिका पोल्मु शेर्पाले सुनाए ।

‘नुमुज ब्युटी एन्ड स्किन केयर’कि सञ्चालक समेत रहेकी गायिका शेर्पाले आफ्नो मौलिक भेषभुषा, संस्कृतिलाई झल्काउन कोसिस गरिएको म्युजिक भिडियोले दर्शक स्रोताको मन जित्नेमा विश्वस्त रहेको बताउनु भयो ।

म्युजिक भिडियोको छायाङ्कन सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकिय स्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँको विभिन्न स्थानमा गरिएको छ ।

गायिक पाल्मु भन्छन् — यो क्षेत्रमा रहेर आफूलाई अब्बल सावित गर्न निमित्त यो आफ्नो परीक्षा भएको उनी बताउँछन् । आफ्नै गाउँमा गएर आफ्नै ठाउँमा हेर म्युजिक भिडियो निर्माण गर्न पाउँदा निकै खुशी भएको महसुस गरेको उनी बताउँछन् ।

‘आफ्नै गाउँ आफ्नै ठाउँ साँच्चै सुन्दरतालाई काममार्फत देखाउन पाउँदा खुशी छु’, उनी भन्छन्, ‘म मेरो भविष्य उज्ज्वल बनाउने मात्र हैन । मैले गर्ने कार्यले समाज परिवर्तनको दिशामाअघि बढोस् भन्ने चाहन्छु ।’ आफ्नो प्रयासमा सबैको साथ पाउने उनको अपेक्षा छ ।
म्युजिक भिडियो प्रदिप लामा अफिसियल मिडियामार्फत मंगलबारदेखि बजारमा आएको गायिक शेर्पाले बताउनुभयो ।