राजनीति

नेतृत्वमा पुरानै पुस्ताको बर्चश्व, रुपान्तरणको मुद्धा बोक्नेहरु किन बिक्छन् ?

किन सिक्दैनन् लिङ्देनबाट ?


काठमाडौँ — मुलुकका ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी महाधिवेशन सकिएको छ । महाधिवेसन पूर्व नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको चर्को नारा लगाइए पनि कार्यन्वयन शुन्य रह्यो । रुपान्तरणको वकालत गर्ने नेताहरु नै भागवण्डामा लोभिएपछि नेतृत्वमा पुरानै अनुहार दोहोरिएका छन् ।

नेपालमा नेतृत्व हस्तान्तरणको समस्या नयाँ पटक्कै होइन । दशकौंदेखि पार्टी नेतृत्वका लागि हानथाप हुँदै आए पनि बर्चश्व पुरानै पुस्ताको छ । लोकतान्त्रिक मुल्यमान्यताको पक्षधर ठुला राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र देखिरुपान्तरणको चर्को नारा लगाउने विवेकशील साझासम्म नेतृत्व हस्तान्तरण आफैमा जटिल विषयबन्दै गएको छ ।

अधिकांश राजनीतिक दलभित्र वर्षोदेखि नेतृत्वमा एउटै व्यतिmको हालिमुहाली छ ।दोस्रो तहका नेतामा शीर्ष नेताविरुद्ध आवाज उठाएर जोखिम मोल्नु भन्दा शीर्ष नेताकै छत्रछायाँमा आफ्नो भविष्य सुनिश्चित गर्न खोज्ने प्रवृत्तिकाकारण रुपान्तरण नारामुखी भएको सर्वसाधरणको बुझाई छ । भर्खरै सम्पन्न नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन र नेतृत्व चयन प्रक्रिया यसको गतिलो उदाहरण हो ।पार्टी महाधिवेशन कानुनी प्रक्रिय पुरा गर्ने माध्यम मात्र भएको छ ।

नेपाली कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनबाट दोस्रो शेरबहादुर देउवा पार्टी सभापतिमा विजय भए । उत्साह, एकता र रुपान्तरण सहितको महाधिवेशन भनिए पनि पुस्तान्तरणको बहसमा उत्रिएका नेताहरुको लाचारीपनका कारण पार्टी नेतृत्वमा पुरानै अनुहार दोहोरिएको हो ।
सभापतिका दावेदार नेता प्रकाशमान सिंह,रामचन्द्र पौडल, शेखर कोइराला ,शशांककोइराला लगायतका नेता एक भए कांग्रेसभित्रको पुस्तान्तरण सम्भव थियो तर शेखर बाहेक सबैले अन्तिम समयमा पुरानै अनुहारलाई साथ दिए ।

यता नेकपा एमालेभित्र के.पी ओली नै अध्यक्ष भए । ओलीको विकल्प खोज्दै आफै अध्यक्षको दावी गरिरहेका इश्वर पोखरेल मात्र होइन अन्य नेताहरु योगेश भट्टराई ,अष्टलक्ष्मी शाक्य,घनश्याम भुसाल लगायतका नेताहरुले आफ्नो अडान कायम गर्न सकेन । भीम रावलले एक्लै ओलीको विपक्षीमा उत्रिए । अहिले भीम रावल पार्टीभित्र जिम्मेवारी बनेको छ ।

ओलीले आफु विरुद्ध गएका नेताहरुलाई डिएनए परीक्षण गरेसरी स्थायी कमिटि,पोलिटव्यूरो र केन्द्रिय कमिटिमा समावेश गरेका छैनन् । तर विश्लेषकहरु भने नेतृत्व पुस्तान्तरण नभए पनि दलहरु रुपान्तरणतर्फ निर्देश भएको तर्क गर्छन । पुरानै अनुहार दोहोरिए पनि यथास्थितिमा पार्टी चलाउन असम्भव रहेकाले केहि परिवर्तन आउने उनीहरुको विश्वास छ । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन सम्भव नभए पनि रुपान्तरण र नेतृत्व हस्तान्तरणको पक्षमा देखिएको मतले सुखद् सन्देश दिएको कतिपय विश्लेषको बुझाइ छ ।


पाका नेताकै शासनलाई ठीक मान्ने प्रवृत्ति सबै राजनीतिक दलमा छ । तर यहि होडमा नेतृत्व पुस्तान्तरणको विषयमा अन्य दललाई चुनौती दिने गरी राष्ट्रिय प्रजातन्त्र राप्रपामा राजेन्द्र लिङ्देन नेतृत्व हतयाउन सफल भए । तर अन्य लोकतान्त्रिक पार्टीका नेताहरुले रुपान्तरणलाई नारा बजाइखाने माध्यम मात्र बनाए ।जस्ले गर्दानेतृत्व हस्तान्तरण र पार्टी रुपान्तरणको बहस नेपाली राजनीतिक वृत्तमा गहन विषय बन्न पुगेको छ ।