काठमाडौँ – देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले पहिलोपटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ ।
उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको यसबारे जानकारी दिन आज आयोजित कार्यक्रममा वर्ल्डलिंकले घोषणा गरेको छ । यसमा नोकिया वैकन ३० राउटर प्रयोग हुने छ ।
वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबिपिएस गतिको हुने कम्पनीले घोषणा गरेको छ। उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा इन्टरनेटको अनुभव गर्न पाउने बताइएको छ ।
घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैया अर्थात मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमबिपिएस गतिको ईन्टरनेट उपभोग गर्न पाउने छन् । १५० एमबिपीएस सहित २२५ एमबिपीएस र ३ सय एमबिपिएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ । ‘नेपालको ईन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउनेअनुरूप हामीले नयाँ योजना सार्वजनिक गरेका हौं’, वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल भने ।
विभिन्न तथ्यांकले देखाएअनुसार विश्वमा औसत ईन्टरनेटको स्पिड ८० एमबिपिएस हारारारीमा छ भने नेपालमा ईन्टरनेटको औसत स्थिड २२ एमबिपिएस छ। साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको वल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबिपिएस पुग्ने अपेक्षा छ ।
काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रमका बीच वल्डलिंकले आफ्नो नयाँ योजना सार्वजनिक गरेको छ । उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कायालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वर्ल्डलिकको अपेक्षा छ ।
वल्डलिंकका हालका प्रयोगकर्ताहरुले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने छन् । यसको लागि डुअल व्याण्ड भएको राउटर मात्रै आवश्यक पर्नेछ ।
प्रतिक्रिया