राजनीति

उपसभापति पदको मतगणना सुरु, ३ ठाउँमा गनिँदै


काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।

दुई जना उपसभापति पदका लागि सात जना प्रतिष्पर्धामा छन् । सभापति शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला प्यानलबाट डा. चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाको उम्मेदवारी छ ।

साथै महेश आचार्य र दिव्यश्वरी शाह पनि उपसभापति पदको प्रतिष्पर्धामा छन् । १४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । उपसभापति पदको गणना सकिएपछि महामन्त्री पदको मतगणना सुरु गर्ने निर्वाचन समितिका सदस्य सीताराम केसीले बताए ।