काठमाडौँ – साताको चौथो कारोबारको दिन बुधवार नेप्से परिसुचक सामान्य अंकले घटेको छ ।
आज सेयर बजार चार दशमलव २३ अंकले घटेर दुई हजार चार सय १४ दशमलव ६२ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । बजारमा बुधवार २२८ वटा कम्पनीको ९८ लाख कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार ९० वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया