राजनीति

प्रचण्ड र माधवकै कारण मुलुक स्थायित्वतर्फ केन्द्रित हुन सकेन : केपी ओली


काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रण गर्नु भएको छ ।

अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको दावी समेत गर्नु भयो । बुधवार आयोजित पार्टीका मनोनित केन्द्रित सदस्यहरुको सपथग्रहण कार्यक्रममा उहाँले कतिपय बाह्य शक्तिले मुलुकमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील रहेको र त्यसको संवाहक शक्तिको रुपमा भने प्रचण्ड र नेपालले काम गरिरहेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले प्रचण्डले सेयर बजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी प्रचण्डले सो अभिव्यक्ति दिएको अध्यक्ष ओलीको गम्भिर आरोप छ ।

अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र जनताको सेवामा समर्पित भएर लाग्न सचेत गराउनु भयो ।