राजनीति

कांग्रेस उपसभापतिको मतगणना सुरु हुँदै


काठमाडौँ — नेपाली कांग्रेसको पदाधिकारीको मतगणना आजै सुरु हुने भएको छ । निर्वाचन समितिको बैठकले आजै मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन समितिले जनाएको छ । अहिले उपसभापति पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

दुई जना उपसभापति पदका लागि सात जना प्रतिष्पर्धामा छन् । सभापति शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला प्यानलबाट डा।चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाको उम्मेदवारी छ ।

साथै महेश आचार्य र दिव्यश्वरी शाह पनि उपसभापति पदको प्रतिष्पर्धामा छन्।