राजनीति

फेसबुकमा कमेन्ट अफ गरेर प्रकाशमानले दिए देउवालाई बधाई


काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाईज्ञापन गरेका छन् । आफ्नो समेत समर्थनमा देउवा निर्वाचित भएपछि सिंहले फेसबुकमार्फत बधाई दिएका हुन् ।

सिंहले राखेको बधाई पोष्टमा कमेन्ट गर्न नमिल्ने बनाइएको छ । संस्थापनइतर नेता सिंहले देउवालाई समर्थन गर्ने क्रममा अवाञ्छित लेनदेन गरेको भन्दै आलोचना भएको थियो । सम्भवतस् नकारात्मक प्रतिक्रियाको सामना गर्नुपर्ने डरले उनले कमेन्ट अफ गरेका हुन् ।