राजनीति

आफ्नै कारणले प्रदेशको नामाकरण र राजधानीको टुङ्गो नलागेको राउतको स्वीकारोक्ति


काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम र राजधानीको टुङ्गो यस अधिवेशनमा लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफूहरुको कमीकमजोरीका कारण प्रदेशको स्थायी राजधानी तथा नामाकरण हुन नसकेको पनि स्वीकारोक्ति गरेका छन् ।

बुधबार प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री राउतले भने, ‘सधैँ महत्वपूर्ण रहिआएको नामाकरण र राजधानी विभिन्न कारणले गर्दा मुख्यमन्त्रीको हैसियतले मेरै ढिलासुस्ती तथा विधिन्न परिस्थितिले गर्दाले गर्दा हामीले टुङ्गयाउन सकेका छैनौँ ।’ साथै उनले आफूले चाहेर पनि समस्याको समाधान गर्न नसकेको बताए । ‘हामीले पहिला पनि प्रयास गरेका थियौँ । प्रस्ताव हाउसमा आएको थियो तर त्यसले निकास दिन सकेन।’