राजनीति

बैंकहरुले गरे ब्याजदर नबढाउने भद्र सहमति


काठमडौँ – बैंकहरुले ब्याजदर नबढाउने भद्र सहमति गरेका छन् । मंसिर महिनाका लागि १०.०५ ब्याजदर तोकेका बैंकहरूले पुसका लागि पनि सोहि ब्याजदर कायम गर्ने भएका हुन् ।

यस विषयमा सबै बैंकहरु सहमति भएको बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले जानकारी दिए । उनका अनुसार केही बैंकहरूले १०.०५ प्रतिशत भन्दा कम ब्याजदर भने तोक्न सक्नेछन् । बैंकहरुले हरेक महिना निक्षेपको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।