राजनीति

देउवालाई बधाई र शुभकामनाको ओइरो


काठमाडौँ – शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले बधाई र शुभकामना दिएका छन् । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, एमाले उपमहासविच प्रदीप ज्ञवालीलगायतले सामाजिक सञ्जाल मार्फत देउवालाई बधाई र शुभकामना दिनुभएको हो ।

अरुले बधाई तथा शुभकामना मात्रै दिएपनि बाबुराम भट्टराईले भने प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन् भन्दै अग्रगमनकारी शक्तिबीच एकताका लागि शुभेच्छा प्रकट गर्नुभएको छ ।