राजनीति

प्रदेश २ को बैठक आठौँ अधिवेशन आजबाट, नाम र राजधानीको प्रस्ताव पेश गर्ने तयारी


काठमाडौँ – प्रदेश २ को प्रदेश सभाको आठौँ अधिवेशन आज सुरु हुँदै छ । सरकारको सिफारिसमा प्रदेश प्रमुखले आज अधिवेशन आह्वान गरेका हुन् ।

बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने तयारी रहेको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइने छ । त्यसका साथै प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव र केही अध्यादेश पनि पेश गर्ने तयारी रहेको छ ।