राजनीति

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यले आज शपथ लिने


काठमाडाैँ – नेकपा (एमाले)का नवनियुक्त ४४ जना केन्द्रीय सदस्यले आज पद तथा गोपनियताको सपथ लिने भएका छन् । एमालेले केहीदिन अघि ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

उनीहरूलाई ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी ओलीले आज शपथ ग्रहण तयारी छ । पुराना त्यागी नेतालाई मनोनित नगरेर पार्टीमा योगदान नै नभएका विवादित व्यक्तिलाई समेटेको भन्दै आलोचना भइरहेको छ ।