काठमाडौँ – अस्ट्रेलियाले विद्यार्थी तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ । दुई साताअघि नै सीमा खोल्ने निर्णय गरिएको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले उक्त निर्णयलाई दुई साताका लागि स्थगित गरेका थिए ।
उक्त निर्णयका कारण टिकट लिएर बसेका हजारौं नेपाली विद्यार्थीसमेत प्रत्यक्ष प्रभावित बनेका थिए । गत सोमबार प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयलाई निरन्तरता दिने बताएका थिए । अब विद्यार्थीका साथै टीआर भिसामा रहेका विदेशी नागरिकका साथै उनीहरुका अभिभावक र दक्ष कामदार भिसा भएकाले अस्ट्रेलिया प्रवेश पाउनेछन् ।
प्रतिक्रिया