साफ अन्डर नाइन्टिन महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकामा नेपाल र श्रीलंकाबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । श्रीलंकालाई हराएर नेपाल उपाधि होड कायम राख्न चाहन्छ । श्रीलंका अंक विहीन रहेको छ । श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन ।
च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।


प्रतिक्रिया