राजनीति

सबैलाई मिलाएर अगाडि बढ्ने बालकृष्ण खाणको भनाई


काठमाडौँ – नवनिर्वाचित सभापति शेरबहादुर देउवा निकट नेता बालकृष्ण खाणले सबैलाई मिलाएर अगाडि बढ्ने बताउनुभएको छ । सभापतिको निर्वाचन परिणाम घोषणपछि नेता खाणले निर्वाचनमा विजयी हुन नसकेका नेतालाई पनि समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कतिपय नेतालाई कार्य समितिमै समेट्ने पनि उहाँले बताउनुभयो ।

विभिन्न तहगत कार्यसमितिमा निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्ने विधानको व्यवस्थाअनुसार नै कांग्रेस अगाडि बढेको उहाँले बताउनुभयो ।