राजनीति

अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु गर्ने तयारी


काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको सभापतिबाहेकका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना बुधबारबाट सुरु हुने भएको छ । मतगणना आजदेखि शुरु गरेर पुस ५ गतेभित्र परिणाम सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताएका छन् ।

अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । अबको केही बेरमा मतगणना सुरु हुने छ । कांग्रेसको सभापतिका लागि भएको दोश्रो चरणको मत परिणामपछि पुन शेरबहादुर देउवा नै सभापतिमा निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी शेखर कोइरालालाई ८७८ मतान्तरले पराजित गरेका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्दा देउवाले २ हजार ७३३ मत पाए भने कोइरालाले १ हजार ८५५ मत पाए । ३५ मत भने बदर भएको थियो ।

गत २४ गतेबाट सुरु भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाा कार्यसमिति चयनका लागि २७ गते मतदान भएको थियो । पहिलो चरणको निर्वाचनमा सभापति पदका पााच प्रतिस्पर्धीमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच मंगलबार पुनः दोस्रो चरणको निर्वाचन भएको थियो ।