राजनीति

वागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिए, नवनियुक्त मन्त्रीले लिए शपथ


काठमाडौँ – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीनजना मन्त्री थप गरिएको हो । श्रम, रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रीमा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै बसुन्धरा हुमागाईं, वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल छन् ।

यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।