राजनीति

सदनमा उत्तेजित भाषा बोलेर आफ्ना सांसद्लाई धम्की नदिन सभामुखलाई ओलीको चेतावनी


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिनुभएको छ ।

मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन चेतावनी दिनुभएको हो । उहाँले संसदमा आफ्नो पार्टीका सांसदहरुले बिरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरुलाई धम्की दिए परिणाम नराम्रो हुने समेत बताउनु भयो ।

अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराउनु भयो । अध्यक्ष ओलीले आफ्ना पार्टीका सांसदलाई नियमावली आकर्षित हुन्छ, कारबाही गर्छु भनेर उत्तेजित भाषा नबोल्न सभामुख सापकोटालाई सचेत गराउनु भयो ।