काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३९२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र ४ हजार ३१७ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ जना रहेका छन् ।
प्रतिक्रिया