कोरोना विशेष

एमालेका उपमहासचिव ज्ञवालीलाई लक्षणसहितको कोरोना संक्रमण


काठमाडौँ – नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

आफूलाई लक्षणसहितको कोरोना संक्रमण भएको उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ । चारपाँच दिनदेखि आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेट हुन पनि उहाँले आग्रह गर्नुभएको छ ।

कुनै लक्षण देखिए कोरोना परीक्षण गर्न र सचेत हुन पनि उहाँले सुझाव समेत दिनुभएको छ ।