राजनीति

विज्ञप्तिनै निकालेर निधिले मागे देउवालाई भोट


काठमाडौँ — काँग्रेस सभापति पदका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणमा हुन लागेको मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मतदान गर्न अपील गरेका छन् ।

निधिले मंगलबार एक विज्ञप्तिमार्फत आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणमा हुने मतदानमा देउवालाई भोट हाल्न आग्रह गरेका हुन् ।

निधिले सोमबार भएको मतदानमा आफूलाई मत दिने सबै महाधिवेशन प्रतिनिधिमा धन्यवाद समेत ज्ञापन गरेका छन् । उनले देउवाको आग्रहलाई स्वीकार्दै आफूले समर्थन गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।