राजनीति

देउवालाई कल्याण गुरुङको पनि समर्थन


काठमाडौँ — नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी कल्याण गुरुङले समर्थन गर्ने भएका छन् । पहिलो चरणको निर्वाचनमा गुरुङले २२ मत प्राप्त गरेका थिए ।

उनले आाफ्ना मतदातासँग मंगलबार बिहान छलफल गरी पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको बताए । यसअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन् ।