राजनीति

प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध कायमै



काठमाडौँ – प्रतिनिधि सभा बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध गरेको छ । आज बसेको प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा एमालेले आफूले कारबाही गरेको सांसद्लाई सभामुखले मान्यता नदिएको भन्दै बिरोध गरेको हो ।

बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) अध्यादेश २०७८ पेस गर्नुभएको छ । उहाँले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा अध्यादेश २०७८ पेस गरेका गर्नुभएको छ ।

त्यस्तै रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश भएको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते मंगलवार दिउँसो १ बजे बस्नेछ ।