राजनीति

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि सुरु हुने


काठमाडौँ – नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणका लागि आजै मतदान हुने भएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज अपराह्न साढे तीन बजेदेखि साढे सात बजेसम्म मतदान हुने भएको हो । राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा मतदान हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

दोस्रो चरणमा शेरबहादुर देउवा र डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।