राजनीति

विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई कोइरालाको अपील



काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले पत्रकार सम्मेलन गदै विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदान साढे ३ बजे शुरु बताइएको छ । त्यसपछि आफ्नो प्यानलका सबै उम्मेदवारलाई राखेर पत्रकार सम्मेलन गरेका डा.कोइरालाले आफ्नो विवेक प्रयोग गरी अन्तर आत्माले के भन्छ , त्यो भोटमा प्रतिविम्बित गर्न आग्रह गरेका हुन् ।

कांग्रेसको समग्र जीवनमा परिर्वतन र सुधार गर्ने आफू र आफ्नो टीमको प्रतिज्ञा भएको कोइरााले बताए । उनले साथीहरुले भरोसा गरेर जुन भोट दिएका छन् । त्यसका लागि आफू कृतज्ञ रहेको बताएकाछन् ।