राजनीति

देउवालाई समर्थन गरे बापत सिंहले तत्काल उपप्रधानमन्त्री पाउने



काठमाडौँ –कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई समर्थन गरे बापत प्रकाशमान सिंहले तत्काल उपप्रधानमन्त्री पाउने भएका छन्।

दिउँसो ३ः३० बजेबाट सुरु हुने मतदानमा सिंहले देउवालाई समर्थन गर्ने निर्णयसँगै सिंहलाई उपप्रधानमन्त्री बनाउने निर्णय भएको स्रोतको दाबी छ।

दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरेपछि उनको जित सुनिश्चित जस्तै भएको छ। सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने भएको छ।

कांग्रेस निर्वाचन समितिका अनुसार देउवाले २२५८ मत प्राप्त गरेका हुन्। खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने विधानको व्यवस्था छ। सोमबार भएको निर्वाचनमा ४६७९ मत खसेको थियो। सभापतिमा निर्वाचित हुन २३४० मत आवश्यक थियो।