राजनीति

पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा पुगे देउवा



काठमाडौँ– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा शेरबहादुर देउवा पुगेका छन् ।आज बिहान पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरुका लागि पौडेलले चियापान कार्यक्रम आयोजना गरेको थिए।

काठमाडौंको लैनचौरस्थित ब्यान्क्वेटमा कार्यक्रम चलिरहँदा प्रधानमन्त्री एवम् कांग्रेस सभापतिका उम्मेदवार देउवा पनि सहभागि भएका हुन्।


उनी हिजो भएको मतदानमा पनि सहभागी भएनन् । पौडेलले आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार दिन चाहेका थिए ।तर उनकै समूहका दुई नेता प्रकाशमान सिंह र शेखर कोइराला सभापति उठेका छन् ।इतरपक्षबाट आफू साझ उम्मेदवार बन्न नेता पौडेलले प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा उनी समग्र प्रकृयाबाट बाहिरिएका हुन् ।