राजनीति

दोस्रो चरणमा मतदान हुने भएपछि संस्थापन पक्ष र इतरपक्ष रणनीतिक छलफलमा


काठमाडौँ – सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि संस्थापन पक्ष र इतरपक्ष रणनीतिक छलफलमा जुटेका छन् ।

दोस्रो चरणमा विजयी हुन शेरबहादुर देउवा र शेखर कोइरालाले पहिलो चरणमा तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग सहकार्यको प्रस्ताव राखेका छन् । कोइराला र सिंह यसअघि नै देउवाइतर समूहमा थिए भने निधि केही महिनाअघि मात्रै देउवासँग छुट्टिनुभएको थियो ।

दोस्रो चरणको मतदानअघि देउवानिकट नेता एंव गृहमन्त्री बालकृष्ण खाण आज बिहानै नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारीमा पुग्नुभएको थियो । खाणले सिंहसँग देउवालाई सघाउने प्रस्ताव राख्नुभएको थियो । सिंहले आफ्नो समूहमा छलफल गरेरमात्रै कसलाई सघाउने भन्ने निर्णय गर्ने जवाफ दिनुभएको थियो ।