काठमाण्डौँ – पछिल्लो समय हरेक दिन नेपाली शेयर बजार ओरालो लागिरहेको छ । लगानीकर्ता निराश छन् । नेप्से परिसुचक घट्दा लागनीकर्ता र सरोकारवाला निकायबीच जुहारी चलिरहेको छ ।
साताको दोस्रो दिन सोमबार मात्रै पनि नेप्से परिसूचकमा ७९ अंकले गिरावट आयो । पछिल्लो समय लगातारा नेप्से परिसूचक घट्दा लगानीकर्ता निराश भएका छन् । कतिपयले अर्थमन्त्री जनार्दन शर्माको गलत नीतिका लागि शेयरमा गिरावट आएको आरोप लगाइरहेका छन् । नेपाल राष्ट्रबैँकको खराब नीतिलाई पनि कतिपयले दोष दिइरहेका छन् ।
यता मन्त्री शर्माले सोमबार एक कार्यक्रमलाई सम्बोधन र्गै पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरे । लगानीकर्ता ढुक्क हुन सकेका छैनन् ।
नेप्से परिसूचक पछिल्लो चार महिनामा साढे ९०० अंकभन्दा बढीले घटेको छ । कोरोना महामारीमा निरन्तर बढ्दै नेप्से इतिहासकै उच्च बिन्दुमा पुगेको परिसूचक चार महिनायता लगातार घटिरहेको छ ।
प्रतिक्रिया