राजनीति

प्रकाशमानलाई फकाउन बालकृष्ण खाण चाक्सीबारीमा !


काठमाडौँ – नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको प्रतिस्पर्धा हुने भएको छ ।
दोस्रो चरणको मतदान हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यान प्रकाशमान सिंहतिर तानिएको छ ।

राष्ट्रिय सभागृहमा चलिरहेको मतगणना नसकिँदै गृहमन्त्री बालकृष्ण खाँण सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका छन् । भेटमा उनले सहयोग खोजेको बताइएको छ । सिंह पनि सभापतिका उम्मेदवार थिए । तेस्रो स्थानमा रहेका उनले ३७१ मात्र भोट पाए । चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाएका छन् ।