राजनीति

कांग्रेसको मतदानमा सहभागि नभएका पौडेलले महाधिवजेशन प्रतिनिधिसँग भेट्ने



काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापान कार्यक्रमका लागि बोलाएका छन् ।

आज बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापान कार्यक्रम राखिएको पौडेलको सचिवालयले जानकारी दिएको छ । पौडेलले कांग्रेसको १४ औं महाधिवेशन प्रक्रियाभन्दा अलग रहेको बताइरहेका छन् । उनी हिजो भएको मतदानमा पनि सहभागी भएनन् ।

उनले आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार दिन चाहेका थिए । तर उनकै समूहका दुई नेता प्रकाशमान सिंह र शेखर कोइराला सभापति उठेका छन् ।इतरपक्षबाट आफू साझ उम्मेदवार बन्न नेता पौडेलले प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा उनी समग्र प्रकृयाबाट बाहिरिएका हुन् ।