राजनीति

५० प्रतिशत कटाउन नसकेपछि कांग्रेस सभापतिको लागि पुनः मतदान हुने



काठमाडौँ – कांग्रेस सभापतिको चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।


सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा हुनुहुन्थ्यो ४६ सय ८१ मतमध्ये सबैभन्दा धेरै देउवाले २२ मत ५८ ल्याउनुभएको छ । दोस्रो स्थानमा कोइरालाले १७ सय २९ मत ल्याउनुभएको छ ।

यस्तै सि.हले ३७१, निधिले २४९ र गुरुङले २० मत ल्याउनुभएको छ । दोस्रो चरणमा भने बढी मत ल्याउने दुई उम्मेदवार देउवा र कोइरालाबीच प्रतिष्पर्धा हुनेछ ।